June 19, 2026

आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस

0

काठमाडौं,

विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ।

यस वर्षको नारा ‘भविष्यका लागि सँगै अघि बढौँ’ भन्ने तय गरिएको छ। यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, भू–संंरक्षणलगायत विभिन्न विषयमा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ।

जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ।

खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ। स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन्।

संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यका पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *