June 19, 2026

२५ लाखको लागतमा पञ्चकन्या मोडुलर सञ्चालनमा

0

बिर्तामोड।

झापाको बिर्तामोडमा शुक्रबारबाट पञ्चकन्या मोडुलर किचन एण्ड एस्सेसोरिजले आफ्नो सेवा प्रदान गर्न शुरु गरेको छ ।

आधुनिक र सुविधासम्पन्न भान्सा बनाउने इच्छालाई एकै स्थानबाट सजिलोसँग पूरा गर्न ‘मोडुलर किचन सेट’ का सामग्रीहरु बिक्री–वितरण शुरु गरिएको युवा व्यवसायी टीकाराम मग्रान्तीले बताए । नेपालमा केही वर्षयता ‘मोडुलर किचन’को निर्माण गर्ने थुप्रै कम्पनी सञ्चालनमा छन् । यसले धेरै ठाउँ घुमेर सामग्री जुटाउन खर्च गर्नुपर्ने समयको बचत गरेको छ ।

राम्रा घरहरूको निर्माण थोरै जग्गामा हुने हुँदा भान्साकोठालाई व्यवस्थित बनाउन पनि ‘मोडुलर किचन’का उपभोक्ता बढेको पञ्चकन्या मोडुलर किचन एण्ड एस्सेसोरिजका सञ्चालक मग्रन्तीले बताए ।

ग्राहकहरूमा ‘मोडुलर किचन’प्रतिको आकर्षण बढेकाले बिर्तामोडमा पनि यसको शाखा विस्तार गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । यसको मुख्य कार्यालय भने काठमाडौंमा रहेको छ ।

युवा व्यवसायी मग्रान्तीसँगै सुमन थापा र योगेश भण्डारीको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको पञ्चकन्या मोडुलर किचन एण्ड एस्सेसोरिजको नेकपा बिर्तामोड अध्यक्ष ज्ञानु प्रसाईले उद्घाटन गरेका हुन् ।

२५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको मोडुलर किचनमा उच्च गुणस्तरको मोडुलर किचेन, दराज, बेड, पार्केटिङ्ग, चिम्नी, चुलो, वाटर फिल्टर, फर्निचरका सम्पूर्ण सामग्री, आर ओ, युभी वाटर फिल्टर लगायत किचनमा उपलब्ध सामग्रीहरु रहेका छन् ।

पञ्चकन्या मोडुलर किचन एण्ड एस्सेसोरिजले १५ दिनका लागि ग्रहाक वर्गालाई १५ प्रतिशत छुटको ब्यवस्था गर्नुका साथै हामेडेलभेरीको सेवा समेत उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *