June 13, 2026

आवधिक योजना कार्यान्वयन गर्न दृढ : उपाध्यक्ष डा. देवकोटा

0

हेटौँडा।

प्रदेश नं ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताउनुभएको छ ।

प्रदेश नं ३ का नीति योजना आयोग विगत २०७५ जेठ २९ गते स्थापना भई आज एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष देवकोटाले आयोगले आगामी पाँच वर्षको लागि प्रदेशमा आवधिक योजना सञ्चालन गर्न परियोजना बैंकको स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले उक्त परियोजना बैंकलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको डेक्समा स्थापना गरी प्रदेशका १३ जिल्लामा क्रमशः आवधिक एवं राष्ट्रिय गौरवका योजना कार्यान्वयन गर्दै लैजान मार्गनिर्देश गरिएको स्पष्ट पार्नुभयो ।

आयोगले एक वर्षको अवधिमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशनको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेको, मागमा आधारित योजना छनोट कार्यविधि तर्जुमा गरिएको, प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन गरिएको, उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन निर्देशिका तयार पारिएको र योजनाको छनोटको प्राथमिकता तथा मापदण्ड मार्गदर्शन गरिएको जनाएको छ ।

उपाध्यक्ष डा देवकोटाले आयोगका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेललाई ९उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृत० को रूपमा दोसल्ला ओढाइ प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *