September 18, 2026

शिक्षकलाई प्राथमिक उपचार तालिम

0

बुधवारे।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेद्वारा आयोजित चार दिवसीय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

बुद्धशान्ति गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका २४ शिक्षकहरू सहभागी रहेको सो तालिम जेठ २१ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरू र स्थानीय सर्वसाधारणलाई समेत चोटपटक लागेको खण्डमा अस्पताल पु¥याउनु अघि गरिने उक्त प्राथमिक उपचारको सो चारदिने तालिमका लागि लाग्ने खर्च बुद्धशान्ति गाउँपालिका शिक्षा विभागले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिका अध्यक्ष सीता निरौलाको अध्यक्षता र बुद्धशान्ति शिक्षा विभाग प्रमुख कमल निरौलाको प्रमुख आतिथ्य तथा नेपाल स्काउटका अन्तरराष्ट्रिय प्रतिनिधि शिक्षा तथा समाजसेवी शिवकुमार पौड्याल वडा नं. ३का वडाध्यक्ष कमल उप्रेती, उपशाखा बुधबारेका पूर्वसभापति दीपक सापकोटाको विशेष आतिथ्य रहेको थियो । उद्घाटन सत्रमा गाउँ पालिका लेखा अधिकृत अनिल घिमिरे प्रमुख अतिथि रहेको सो तालिमको औचित्यमाथि प्रकाश पार्दै स्वागत निवर्तमान सभापति हरि पोखरेलले गरेका थिए ।

साथै चार दिनसम्म चलेको उक्त तालिममा रेडक्रस सोसाइटी झापा शाखाका सदस्यहरू ओमप्रकाश गौतम, प्रकाशचन्द्र खरेल, झापा शाखाका कार्यक्रम अधिकृत केदार महत र हरिप्रसाद पोखरेलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । तालिममा लिइएको लिखित तथा प्रयोगात्मक परीक्षामा शान्ति आदर्श मावि शान्तिनगरका शिक्षक सोमनाथ पौड्यालले प्रथम पुरस्कार हात पारेका थिए ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र र गाउँपालिकाका तर्फबाट बुद्धशान्तिभित्रका विद्यालयहरूलाई फस्ट एड बक्स निःशुल्क वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *