June 19, 2026

हो मलाई पनि आफ्नै देशमा रम्ने मन थियो,
पैसा पनि कमाउने बाध्यता धेरै थियो,
सागर महासागरको छेउ बसी क्षितिज नियाले पनि,
आफ्नै पाखामा सेल्फी खिच्ने रहर धेरै थियो
तर सकिन……!

हो बिहान उठ्दा देखिने निलो समुद्र र गगनभन्दा,
आफ्नै अग्लो हिमाल हेर्ने धेरै रहर थियो,
थाहा छैन मनभित्रको म भन्दा बाध्यताले मलाई,
देश प्रेम दबाउन दबाब कहिले दियो ?
तर सकिन…..!

कर्तव्य र विवशताभित्र आफूलाई जित्न,
आखिर तन्काएर जिम्मेवारीले परदेशतिरै लग्यो,
छोड्नै प¥यो देखावटी सौन्दर्यमा स्वदेश,
आफ्नो देशको माटो प्यारो छुने धेरै रहर थियो !
तर सकिन ……!

अनमोल रत्न सन्तानहरु आगनीमा नचाई,
पैसा होइन आफ्नै दलिन शान्तसँग पुछ्ने रहर थियो,
दिल होइन परदेशमा हिम्मत ठूलो जुटाई,
सन्तानको खुशी मैले धेरै किन्नु थियो !
तर सकिन ……!

भगवती ढुंगेल,

बिर्तामोड, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *