September 16, 2026

कञ्चन पाउरोटीलाई सम्मान

0

विर्तामोड।

झापाको विर्तामोडमा सञ्चालित कञ्चन पाउरोटी उद्योग काठमाडौंमा सम्मानित भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा कञ्चन पाउरोटी उद्योगकी सञ्चालक भीमा शिवाकोटीलाई प्रदेश नम्बर–१ कै उत्कृष्ट पाउरोटी उद्योगका रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले सञ्चारकर्मी समेत रहेकी उद्योगी शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेका थिए । ६ वटा प्रदेशका १÷१ वटा उद्योगसहित सचेत उपभोक्ता, ज्येष्ठ कर्मचारी लगायतलाई सम्मान गरिएको कार्यक्रममा उपभोक्ता र ज्येष्ठ कर्मचारीलाई कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले सम्मान तथा प्रशंसा पत्र वितरण गरिन् ।

यसैबीच नेपालले ११ औं खाद्य स्वच्छता दिवस मनाई रहँदा यसको सिको अन्तराष्ट्रिय रुपमा परेको छ । खाद्य स्वच्छता दिवसको सिको गर्दै विश्वले यसै वर्ष प्रथम विश्व खाद्य स्वच्छता दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *