June 14, 2026

म्यानपावरले एजेन्ट राख्न नपाउने

0

काठमाडौं,

वैदेशिक रोजगारीका लागि अब म्यानपावर कम्पनीका कर्मचारीबाहेक तेस्रो पक्षले कसैको पासपोर्ट बोक्ने, राख्ने र पैसाको कारोबार गर्न नपाउने भएका छन्।

म्यानपावरका कर्मचारीबाहेक वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो पक्षले कसैको पासपोर्ट बोके पक्राउ गरिने भएको छ।

म्यानपवार कम्पनीले सेवा सहजीकरणका लागि राख्दै आएका प्रतिनिधि (एजेन्ट) प्रणालीलाई सरकारले खारेज गर्दै युवाको पासपोर्ट सम्बन्धित म्यानपावर कम्पनीका सूचीकृत कर्मचारीबाहेक अरू कसैलाई राख्न नपाउने नियम बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *