September 13, 2026

नेयमारमाथि बलात्कारको आरोप लगाउने मोडेल, टिभीमा सुनाइन् तीतो अनुभव

0

एजेन्सी,

ब्राजिलियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाउने मोडल नाजिला ट्रिन्डाजे डि सुजा घटनापछि पहिलोपटक टेलिभिजनमा झुल्किएकी छन्।

ब्राजिलको एक टिभीलाई अन्तर्वार्ता दिँदै उनले आफ्नो तितो अनुभव सुनाइन्। फ्रान्सको पेरिस सेन्ट-जर्मेन क्ल्बआवद्ध नेयमारले पेरिसको एक होटलमा आफूमाथि दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छन्। ‘सहमतिमै हामी होटलमा गएका थियौं’, नाजिलाले भनिन्, ‘त्यहाँ अचानक उसले हिंस्रक व्यवहार देखाउन थाल्यो। मैले नो’ भन्दा पनि छाडेन।

उसले अत्यधिक मदिरा पिएको थियो।’ नेयमारसँगको घम्साघम्सीका क्रमा नाजिलाको गोडामा चोट लागेको छ। ‘म उसलाई मन पराउँथें। उसँग शारीरिक सम्बन्ध राख्‍न पनि चाहन्थेँ। उसैले प्लेनको टिकट काटिदिएर ब्राजिलबाट फ्रान्स गएकी हुँ,’ नाजिलाले भनिन्, ‘होटलमा उसले मलाई पहिले चुम्बन गर्‍यो, त्यसपछि पिट्न थाल्यो…शारिरिक सम्पर्क गर्दा पनि पिटी नै रह्यो।

ऊ त्यस्तो हिंस्रक होला भन्ने सोचेकै थिइन। म्यासेजमा कुरा गर्दा ऊ जस्तो होलाजस्तो लागेको थियो, त्यस्तो रहेनछ।’ उता नेयमारले भने नाजिलालाई भेटेको स्वीकारे पनि बलात्कारको आरोप स्वीकारेका छैनन्। सबै कुरा सहमतिमै भएको उनको दाबी छ। नेयमारको परिवारले घटनालाई जालसाजीपूर्ण भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *