June 15, 2026

महिला उद्यमीद्धारा सिलाई मेसिन हस्तान्तरण

0

झापा।

बिर्तामोड उद्योग वाणिज्यसंघ अन्र्तगत महिला उद्यमीहरुले सोमबार जिल्ला कारागार झापा अन्र्तगत महिला कैदीबन्दीलाई सिलाई मेसिन हस्तान्तरण गरेका छन् ।

गल्ती गर्नेहरुलाई कारबाहीमा कुनै कसर बाँकी हुनुहुँदैन, तर त्यसको साथसाथै कारागारका कैदीलाई पनि मानव अधिकारको प्रत्याभूति भने गराउनैपर्छ । उनीहरुलाई पनि मानवीय व्यवहार गरेर सुधार्न सकिन्छ भन्दै एबिसि नेपाल नामक संस्थाले ६ महिनासम्म कारागारमा रहेका १५ जना महिलाहरुलाई सीपमुलक तालिम दिएको थियो । उक्त संस्थाले तालिम दिएपनि मेसिन अभावभएपछि महिला उद्योमीहरुले बिर्तामोडमा लागेको औद्योगिक महोत्सवमा सेलरोटी बेचेर बचेको रकमले कारागारका महिलालाई दुई वटा मेसिन हस्तान्तरण गरेको महिला उद्यमीसमुहकी अध्यक्ष तुलसा ढकालले बताइन् ।

मेसिन उपलब्ध गराएसंगै महिलालाई सीपमुलक काम गर्न सहज हुने महिला उद्यमी समुहकी उपाध्यक्ष सुशिला पाठकले विश्वास ब्यक्त गरिन् । महिलाहरुलाई उद्योमीबन्नका लागि प्रेरणा मिलोस् भनेर यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको सदस्य ज्योति खतिवडाको भनाई छ । महिलालाईलाई आत्मनिर्भर बनाउने उद्धेश्यले विभिन्न कार्यक्रमहरु गर्दै आएको संघले कारागारका महिलालाई पनि सीपमुलक बन्न सामाग्री हस्तान्तरण गरेको समुहकी सदस्य रोजिला भट्टराईले बताइन् ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसााद पोख्रेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनाली, सशस्त्र प्रहरीका राजेन्द्रकुमार श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पूर्वअध्यक्ष बलराम कार्की, महासचिव प्रशान्त भण्डारी, नेपाल अलैंची ब्यवसायी महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, नेपाल रेडक्रश सोसाईटी बिर्तामोड उपशाखाका अध्यक्ष सजेश शिवाकोटी, एबिसि नेपालकी अध्यक्ष कञ्चना ढकाल(सिटौला), वीरता लेडीजेसिजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतको आतिथ्य रहेको थियो ।

सीप सिकौं आत्म निर्भर बनौं भन्ने नाराका साथ महिला उद्यमीहरुले विभिन्न कार्यक्रमहरु गर्ने गरेको बताइएको छ । जेलर राजेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा भैरवा श्रेष्ठले स्वागत र युवराज गिरीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *