June 14, 2026

अष्ट्रेलिया जानेलाई एक्सपर्टको परामर्श

0

बिर्तामोड।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको आयोजनामा बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न भएको छ ।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि शैक्षिक परामर्श दिँदै आएको एक्सपर्टले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै बिर्तामोडमा सेमीनार आयोजना गरेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले जानकारी दिए ।

कार्यक्रममा एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जीव शर्मा, सिड्नी अफिसका आइटी म्यानेजर लक्ष्मण बेल्बासे, एएसएमआई कलेजका प्रतिनिधि नरिन्दर गिल, यूएसक्यू सिड्नी क्याम्पसका किरण खनाल, क्यूआईबीए एण्ड ब्राइटन कलेजका रोशन घिमिरे, टोरेन्स युनिभर्सिटीका सुनिल श्रेष्ठ, एजुकेशन सेन्टर अष्ट्रेलियाका अनिस नयर, कप्लान बिजनेश स्कूलकी श्रीशा चौधरी, होम्स इन्स्टीच्युटका टेरी मेलोन र स्टडी ग्रुप एससीयुका हामिस डेभिज लगायतले बिद्यार्थीहरुलाई परामर्श दिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरुलाई उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाँदा अपनाउनुपर्ने सावधानी, अष्ट्रेलियाको कलेज तथा युनीभर्सिटी, त्यहाँ पढाई हुने बिषय, वातावरण लगायतका बारेमा जानकारी दिएको बिर्तामोड शाखा प्रमुख खतिवडाले बताए ।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले दशपटक सोच्न, विश्वविद्यालयको बारेमा जानकारी लिन, पहिले गएर अध्ययन गरिरहेका वा फर्किएकाहरुसँग परामर्श लिन सुझाव दिएका थिए । कार्यक्रममा कक्षा १२को रिजल्ट पर्खेर बसेका, स्टाफ नर्स सकेर बसेका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *