April 29, 2026

कोरियन भाषा परीक्षाका लागि ३२ केन्द्र तोकियो

0

काठमाण्डौ,

दशौं कोरियन भाषा परीक्षाका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । आउँदो शनिबार र आइतबार हुने कोरियन भाषा परीक्षाको लागि काठमाण्डौमा २८ र पोखरामा ४ वटा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

काठमाण्डौमा बाग्मती बोर्डिङ स्कुल सुकेधारा, द न्यू समिट स्कुल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन ललितपुर, लिटिल एन्जेल्स स्कुल हात्तिवन, एल.आर.आई स्कूल स्यूचाटार, एन.के.सिंह मेमोरियल ई.पी.एस. स्कूल मिनभवन, भी.एस.निकेतन स्कुल, ल्याब्रोटरी उच्च मा.वि., कीर्तिपुर, नाईटिङ्गल ईन्टरनेसनल सेकेन्डरी स्कुल, मुनलाईट (मोलिस) उच्च मा.वि कुमारीपाटी, लोयल्टी एकेडमी, मण्डिखाटार, र काठमाण्डौ मोडल कलेज बालकुमारी तोकिएको छ ।

त्यस्तै गोल्डनगेट ईन्टरनेसनल कलेज, गोल्डनगेट ईन्टरनेसनल सेकेन्डरी स्कुल, हिमालय कलेज, हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल, लिटिल एन्जेल्स कलेज हात्तिवन, नोबल एकेडेमी, पिनाकल एकेडेमी लगनखेल, टाईम्स ईन्टरनेसनल कलेज डिल्लीबजार, ट्रिनिटी ईन्टरनेसनल कलेज, युनिभर्सल कलेज, भी.एस.निकेतन कलेज तीनकुने, जेभियर ईन्टरनेशनल कलेज, जेभियर ईन्टरनेशनल स्कुल, रेडन कलेज सामाखुशी, किस्ट कलेज कमलपोखरी र साउथ वोस्टर्न स्टेट कलेज तोकिएको छ ।

पोखरामा पोखरा पब्लिक स्कुल चौथे, स्टेप बाई स्टेप स्कुल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कुल मिलचौर र सृजना सेकेण्डरी स्कुल सिर्जनाचौक गरी चार वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा पहिलो र दोस्रो गरी दुई सिफ्टमा सञ्चालन हुने छ । पहिलो सिफ्टका लागि बिहान ८ बजे र दिउँसो सिफ्टका लागि ११.३० बजे परीक्षा केन्द्रमा पुगेर आफ्नो स्थानमा बसिसक्नु पर्ने छ ।

परीक्षा शुरु हुने समयभन्दा एक घण्टा अगावै आफ्नो स्थानमा नबसेकोले गएका वर्षहरुमा धेरै परीक्षार्थीहरु परीक्षाबाट बञ्चित भएको भन्दै समयमै परीक्षा केन्द्र पुग्न पनि ईपीएस शाखाले अनुरोध गरेको छ ।-उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *