April 30, 2026

विप्लव समूहका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपामा प्रवेश

0

काठमाडौं,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदबहादुर राई सत्तारुढ दल नेपाल कम्युनिस्‍ट पार्टीमा प्रवेश गरेका छन्। राईलाई आइतबार नेकपा केन्‍द्रीय कार्यलायमा अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।

उनलाई पार्टीमा भित्र्याएर स्वागत गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले  आफूले हुर्काएको सिकाएको र नेता बनाएको एक असल योद्धालाई पार्टीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको सुनाए।

पार्टी प्रवेशका क्रममा राईले गलत बाटोबाट हित हुँदैन भनेर पुरानै पार्टीमा फर्केको बताए। पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए।

भोजपुरको बोया घर भएका राईसहितको नेता कार्यकर्ताको ठूलो पंक्ति तत्कालीन नेकपा माओवादी छाडेर विप्लवतर्फ लागेको थियो।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *