April 30, 2026

प्रम ओली बिहीबार भारत जाँदै

0

        काठमान्डाैं, प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण…

 

काठमान्डाैं,

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।

आफ्ना समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य र अरु उच्च सरकारी अधिकारी पनि सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनुहुनेछ । भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेपछि नेता मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *