September 15, 2026

भारतले नाकामा ट्याङ्कर रोकेपछि पेट्रोलियमको हाहाकार

0

       भद्रपुर,  भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्करलाई पश्चिम…

भद्रपुर, 

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करहरुलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ वटा ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्र«ोल पम्पहरु बन्द भएका छन् ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजल पम्पहरु बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उहाँले मेचीका यी चार जिल्लामा मात्र दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको बताउनुभयो ।

सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रवारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ ।

कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा मेनुयल सिस्टमबाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *