September 16, 2026

सिक्किमको मुख्यमन्त्री गोलेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

0

       काठमाडौँ। भारत सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका…

काठमाडौँ।

भारत सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन

उनले आज बिहान १० बजे राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए ।

गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधानसभा सिटमध्ये १७ सिट जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *