September 16, 2026

कर्णालीको तालिम र ऋण मिनाह

0

       बिर्तामोड। कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले बिर्तामोड–१ कि शेयर सदस्य गोमादेवी…

बिर्तामोड।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले बिर्तामोड–१ कि शेयर सदस्य गोमादेवी बरालको ऋण मिनाहा गरेको छ ।

बरालले संस्थाबाट लिएको कर्जा एक लाख ३९ हजार चार सय १२ रुपैयाँ बरालको मृत्यु भएपछि मिनाहा गरेको हो । त्यस्तै बराल विशेष उपचार कोषमा पनि आवद्ध रहेकोले संस्थाको उपचार कोष निर्देशिका अनुसार काजकिरिया सहयोग वापत ४० हजार रुपैयाँ उपलब्ध गराएको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष इश्वरीप्रसाद खरेल, विभागीय प्रमुख मनहरि निरौला, बिर्तामोड सेवाकेन्द्र प्रमुख मित्रबहादुर बस्नेत लगायतले बरालको घरमै उपस्थित भएर समवेदना प्रकट गर्दै नगद प्रदान गरेको विभागीय प्रमुख लक्ष्मी भट्टराईले जानकारी दिए ।

त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. र गौरीगञ्ज गाउँपालिका–४ को संयुक्त आयोजनामा तीन महिने सिलाई–बुनाई तालिम गौरीगञ्जमा शुरु भएको छ । गौरीगञ्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरीको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, विभागीय प्रमुख चिदानन्द सुवेदी, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, गौरीगञ्ज–४ का सचिव अजय शाह, प्रशिक्षक मेनुका ताजपुरीया लगायतले शुभकामना दिएका थिए ।

उक्त तालिममा २५ जनाको सहभागिता रहेको र सहजीकरण प्रशिक्षक मेनुका ताजपुरियाले गरिरहेको बताइएको छ । कार्यक्रमको सहजीकरण संस्थाको जुरोपानी सेवाकेन्द्र प्रमुख ताराबहादुर राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *