September 14, 2026

दुई दिने एडभान्स प्लम्बर तालिम सम्पन्न

0

       बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र व्यवस्थित बनाउन आयोजना गरिएको दुई दिने एडभान्स…

बिर्तामोड ।

झापाका प्लम्बरलाई थप दक्ष र व्यवस्थित बनाउन आयोजना गरिएको दुई दिने एडभान्स प्लम्बर तालिम सम्पन्न भएको छ ।

पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचन लगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको पुर्वका सेन्स मेनेजर विकास कुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई पी के जैन र हरिसचन्द्र सैनीले सहजीकरण गर्नुभएको थियो । यसअघि पुर्वाञ्चलका विभिन्न जिल्ला र स्थानहरुमा गरि १६ ओटा तालिम दिइसकिएको पनि सेल्स मेनेजर कर्णले जानकारी दिनुभयो ।

झापामा रहेका प्लबरहरु धेरैजसो तालिम बिना नै यस क्षेत्रमा कार्यरत रहेको बताउँदै बिर्तामोड डिपो इन्चार्ज मोहन थापाले उनीहरुलाई सीप मुलक ज्ञान दिई रोजगारी गर्न व्यवस्थित बनाउन सफल हुने बताउनुभयो । बिर्तामोड डिपो इन्चार्ज थापाका अनुसार तालिममा सहभागि ८१ जना प्लम्बरहरुबाट तालिमपछि लिएको परिक्षाबाट उत्कृष्ठ ३ जनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा दिपेश धिमाल प्रथम, भिम बहादुर खड्का द्धित्तिय र बिनोद कुमार राई तृतिय भएका छन् । प्रथम हुने धिमालले पीपीआर फिटिङ मेसीन सहित मायाको चिनो, द्धित्तिय खड्कालाई पीपीआर हिटिङ मेसीन र तृतिय राईलाई कटर मेसीन प्रदान गरिएको थियो ।

तालिममा सहभागि ८१ जनालाई सेन्स मेनेजर विकास कुमार कर्ण, बिर्तामोड डिपो इन्चार्ज मोहन थापा , सहजकर्ता पी के जैन र हरिसचन्द्र सैनी लगायतले सर्टिफिकेट प्रदान गर्नुभएको थियो । यसैबिच बिर्तामोड स्थित सिटि प्यालेसको सभाहलमा आयोजित तालिममा सहभागि प्रशिक्षार्थीले धेरै कुरा सिकेको बताउदै तालिम फलदायि भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *