September 19, 2026

अन्तिम नतिजा नआउँदै मोदीलाई ओलीको बधाई

0

      काठमाडौं, भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका…

काठमाडौं,

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।  प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्।

‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो बधाई दिन्छु’, ओलीले भनेका छन्, ‘यो जितसँगै म पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्दछु।

आगामी दिन अझै नजिक रहेर तपाईंसँग काम गर्न इच्छुक रहेको पनि अवगत गराउँछु।’ भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा ताजा अवस्थामा सत्तारुढ दल भारतीय जनता पार्टीले ३५० सिटमा अग्रता बनाइरहेको छ। उसले सन् २०१४ को निर्वाचनमा ३३६ सिट जितेको थियो ।

त्यहाँको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेसम्म ८४ सिटमा अग्रता बनाइरहेको छ । भाजपाले उत्तर प्रदेश, बिहार, गुजरात, महाराष्ट्रसहितका अधिकांश राज्यमा बलियो पकड बनाउँदै लगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *