September 16, 2026

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बीएण्डसीमा छुट

0

       बिर्तामोड। ग्लोबल आइएमई बैंक र झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड…

बिर्तामोड।

ग्लोबल आइएमई बैंक र झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले बीएण्डसी मेडिकल कलेजसँग सम्झौता गरिएको बैंकका बिर्तामोड शाखाका शाखा प्रबन्धक पवनकुमार पौडेलले जानकारी दिए । बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका जनसम्पर्क अधिकारी प्रमिश गिरी र बैंकको बिर्तामोड शाखाका शाखा प्रबन्धक पवनकुमार पौडेलले स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीहरुलाई बीएण्डसी अस्पतालले विभिन्न उपचार सेवामा छुट प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बिर्तामोड शाखा प्रबन्धक पवनकुमार पौडेलले बताए । उनका अनुसार बैंकले एक सय ३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर र राजश्व संकलन काउण्टर, एक सय ४५ एटिएम, एक सय ४० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको शाखा प्रबन्धक पौडेलले बताए । बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको बताउँदै शाखा प्रबन्धक पौडेलले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको जानकारी दिए ।

कार्यक्रममा बीएण्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए । उनले झापाको बिर्तामोडमा सुविधासम्पन्न अस्पतालको रुपमा बीएण्डसी अस्पताल रहेकोले उपचारका लागि अब अन्य देश जानु नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *