September 15, 2026

पाँचथर हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक हुन्छ–बादल

0

       काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै…

काठमाडौं,

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्।

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् ।

गृहमन्त्री थापाले घटनामा मारिएका नौजना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एकजनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिए। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली घटनास्थल पुगेको छ ।

यस घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित लाइफालाइन अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। यही सोमबार राति भएको सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाईँ धनराज शेर्मा परिवारका नौजनाको विभत्स हत्या भएको थियो ।

नौजनाको सामूहिक हत्या गरिएको दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमले नै हत्या गरेको हुनसक्ने आशंका गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ । – थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *