September 17, 2026

विषादि विरुद्ध ‘कुरा अर्को छ’

0

      बिर्तामोड। क्षितिज नाट्य समूह झापाले बिर्तामोड नगरपालिकाको सहकार्यमा बिषादि न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक बिर्तामोड– ६…

बिर्तामोड।

क्षितिज नाट्य समूह झापाले बिर्तामोड नगरपालिकाको सहकार्यमा बिषादि न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक बिर्तामोड– ६ बुट्टाबारीमा मञ्चन गरेको छ ।

बिर्तामोड–६ कि वडा सदस्य पवित्रा ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच नाटक ‘कुरा अर्को छ’ मञ्चन गरिएको क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले जानकारी दिए ।

रसायनिक मलखाद र बिषादि प्रयोगका कारण मानव स्वास्थ्यमा परेको असर र त्यसबाट बच्न पु¥याउनुपर्ने सजकता बारे आम समुदायमा चेतना फैलाउने उद्देश्यले नाटक मञ्चन गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य ढुंगानाले विषादि प्रयोग र सेवनका कारण झापा जिल्ला अन्य जिल्ला को तुलनामा उच्च जोखिममा रहेकाले सो बाट स्थानीय बासिन्दालाई जोगाउन यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

क्षितिज नाट्य समूहका अध्यक्ष तथा नाटक निर्देशन माधव कल्पितको रहेको नाटक ‘कुरा अर्को छ’मा गजेन्द्र पृथक माधबप्रसाद सिटौला, भीमा खतिवडा, बन्दना मिश्र, झापाली कान्छा अभिषेक, माया सिटौला, देवीमाया प्रसाईं, सुजना खतिवडा, राजु खरेल, मुना प्रसाईं, सविता रेग्मी, सुस्मिता ढुंगाना राकेश दर्नाल लगायतले अभिनय गरेका थिए ।

सरस्वती एञ्जल्स स्कुलमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल वासुदेव सिग्देलले स्वागत गरेका थिए भने भाइस प्रिन्सिपल कुलदीप घिमिरे ले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *