September 16, 2026

स्वरोजगार भवानीको स्थापना दिवस

0

      बिर्तामोड। स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवस अपाङ्गता भएका तथा अनाथ…

बिर्तामोड।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवस अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरुसँग मनाएको छ ।

स्वरोजगार भवानी साकोसले अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बस्नेतले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरिएको जानकारी दिए ।

त्यस्तै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले स्थानीय सरकार र नेपाल सरकारले अहिलेसम्म संस्थाका लागि कुनै सहयोग नगरेको गुनासो समेत गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव मनोज भट्टराईले गरेको व्यवस्थापक राममाया दाहालले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *