September 21, 2026

टिपर दुर्घटनमा परी उदयपुरमा दुई जनाको मृत्यु

0

       उदयपुर, सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको…

उदयपुर,

सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान कटारी नगरपालिका–१४ घुर्मी खानीडाँडामा ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित दुर्घटनामा सहचालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका–५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्देव राईले जानकारी दिए।

टिपर सडकबाट करिब एक किलो मिटर तल खसेको छ। मृतकहरुको शव अन्दाजी ७०० मिटरमा तल भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले टिपर अनियन्त्रित भई दुर्घटना भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *