September 14, 2026

बिर्तामोडमा समृद्धि रियल स्टेट

0

       बिर्तामोड। २५६३औं बुद्ध जयन्तीको अवसर पारेर झापाको बिर्तामोडमा शनिबारबाट मेची समृद्धि रियल स्टेटले कारोबार…

बिर्तामोड।

२५६३औं बुद्ध जयन्तीको अवसर पारेर झापाको बिर्तामोडमा शनिबारबाट मेची समृद्धि रियल स्टेटले कारोबार शुरु गरेको छ ।

घर जग्गा छिटो–छरितो सरल ढंगले खरिद–बिक्री गर्न तथा भाडामा लिन–दिने उद्देश्यले मेची समृद्धि रियल स्टेटको स्थापना गरिएको कार्यक्रममा जानकारी दिइयो । बिर्तामोडमा स्थापना भएको मेची समृद्धि रियल स्टेटको उद्घाटन प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले गरेका थिए ।

मेची समृद्धि रियल स्टेटका संस्थापक अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक ललीतकुमार न्यौपानेले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा समृद्धि रियल स्टेटका सिइओ श्यामसूर्य तामाङ, रिटर्नी माइग्रेन नेपालका केन्द्रीय सचिव उत्तम श्रेष्ठ, प्रोपर्टी डिलर एसोसिएसनका केन्द्रीय अध्यक्ष राजकुमार राई, जयधर्म आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । घरजग्गा किनबेच, भाडा तथा लिज, प्रोपर्टी व्यवस्थापन तथा ग्यारेन्टी भाडा, रियल स्टेट प्रोजेक्टहरुमा लगानी, रियल स्टेट सम्बन्धी परामर्श दिने उद्देश्यले मेची समृद्धि रियल स्टेटको स्थापना गरिएको संस्थाका संस्थापक निर्देशक ललीतकुमार न्यौपानेले जानकारी दिए ।

आधुनिक तथा वैज्ञानिक अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई आत्मसाथ गर्दै घर जग्गा बिक्री, खरिद र भाडा लगाउनेमा हुने झञ्झटिलो प्रक्रियालाई सजिलो र समयलाई ख्यालमा राखेर मेची समृद्धि रियल स्टेटको स्थापना गरिएको उनले बताए । घर जग्गा बिक्री, खरिद र भाडामा लगाउन हुने समस्या समाधान गर्न रियल स्टेट आवश्यक रहेको बताउँदै उनले त्यस्तो समस्या समाधानका लागि आफूहरु सधैँ प्रतिबद्ध रहने बताए ।

उनले रियल स्टेटलाई प्रविधियुक्त बनाउँदै आफूले चाहेको घरजग्गा इन्टरनेटबाटै हेरेर पनि खरिद, बिक्री र भाडामा लिन दिन सकिने बताए । कार्यक्रमको सञ्चालन मेची समृद्धि रियल स्टेटका सहप्रवन्धक निर्देशक केशव श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *