September 14, 2026

सिटीले जित्यो एफए कप उपाधि

0

       एजेन्सी । म्यानचेस्टर सिटीले एफएकपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा सिटीले वार्टफोर्डलाई…

एजेन्सी ।

म्यानचेस्टर सिटीले एफएकपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा सिटीले वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन बनेको एकसातामानै अर्को उपाधि आफ्नो पक्षमा पार्यो।

सिटीले एफए कपमा ११६ वर्षपछि सर्वाधिक फराकिलो जितको कीर्तिमान बनायो। १९०३ मा बुरीलाई डर्बिले ६–० ले पराजित गरेर उपाधि जितेयताको यो सर्वाधिक प्रभावसाली जित हो।

रहिम स्टर्लिङले ह्याट्रिक गरेको एक पक्षिय खेलमा डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे। एकै सिजनमा ३ उपाधि जित्ने सिटीको लागि यो पहिलो अवसर हो।

एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो। डिसेम्बर पछि पहिलो पटक गोल गर्दै स्पेनिस स्टार डेभिड सिल्भाले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

३८ औं मिनेटमा स्टर्लिङले गोल गर्दा सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो। ब्रुयनेले ६१ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए। एकतर्फी खेलमा ६८ औं मिनेटमा जेससले गोल गरे। खेलको अन्त्यतिर स्टर्लिङले लगालग दुई गोल गरे। उनले ८१ औं र ८७ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *