September 14, 2026

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, तीनको शव फेला

0

       काठमाडौं, झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खसेको छ। धादिङको गजुरी–६ बाट यात्रुबहाक बस…

काठमाडौं,

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खसेको छ।

धादिङको गजुरी–६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले थाहाखबरलाई जानकारी दिए।  हालसम्म बसको नम्बर खुलेको छैन।

बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा पनि यकिन नभएको बैदवारले बताए। प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुको खोजी तथा उद्धार कार्य सुरु गरिसकेको उनले बताए। घटनाको थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *