September 13, 2026

सशक्त प्रतिपक्षका लागि जागरण अभियानः नेता महत

0

       गलकोट।   नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका…

गलकोट।

  नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उहाँको धारणा थियो ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेण्डा बनाएर संसद्मा प्रतिपाद गरिने जानकारी दिनुभयो ।

अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उहाँले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गर्नुभयो ।

हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भन्नुभयो “सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन”, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *