September 20, 2026

वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

0

       काठमाडौं, वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक…

काठमाडौं,

वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका बिभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।


ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।


कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *