September 16, 2026

कर्जा लगानी जोखिम व्यवस्थापन तालिम

0

      बिर्तामोड। अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंको सहकार्यमा सहकारीमा कर्जा…

बिर्तामोड।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंको सहकार्यमा सहकारीमा कर्जा लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सहकारी संस्थाहरुलाई कर्जा लगानीको लागि आवश्यक पर्ने विभिन्न कानूनी विषयदेखि कागजात व्यवस्थापन, धितो मुल्यांकन, वित्तीय कारोबार गर्ने वचत तथा ऋण सहकारीहरुले कर्जा लगानी गर्दा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम प्रदान गरिएको प्रशिक्षक बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंका चन्द्रबहादुर ठकुरीले बताए ।

तालिममा झापाका १९ वटा सहकारीका ४५ जनाको सहभागिता रहेको अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडका बैंकिङ्ग ट्रेनिङको अर्डिनेटर सुवर्ण कुँवरले जानकारी दिए । तालिममा सहभागीहरुले तालिम फलदायी रहेको बताउँदै तालिममा सिकेका कुराहरुले कर्जा लगानी जोखिम न्यूनीकरण गर्न सक्षम हुने बताए ।

त्यस्तै अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंको सहकार्यमा बजार प्रतिनिधिको काम कर्तव्य र दायित्व सम्वन्धी तालिम सम्पन्न भएको छ ।

वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुमा काम गर्ने बजार प्रतिनिधीहरुलाई बचत तथा शेयर सदस्यता बृद्धि , बचत बृद्धि , असल ऋणीको खोजी लगायतका बिषयमा तालिम प्रदान गरिएको प्रशिक्षक बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंका प्रमुख कार्यकारी अधिकृत नवराज शर्मा उपाध्यायले बताए ।

तालिममा झापाका दुई वटा सहकारीका ४० जनाको सहभागिता रहेको अक्सफोर्ड एकाडेमिक टूेनिङ सेन्टर बिर्तामोडका बैंकिङ्ग ट्रेनिङ को–अर्डिनेटर सुवर्ण कुँवरले जानकारी दिए ।

तालिममा सहभागीहरुले तालिम फलदायी रहेको बताउँदै तालिममा सिकेको शिक्षाले कार्यक्षेत्रमा गएर आत्मविश्वासले काम गर्ने बताए । अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टरले शिक्षा, स्वास्थ्य र वाणिज्य विषयमा तालिम प्रदान गर्दै आइरहेको अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडका प्रवन्ध निर्देशक केशव मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *