September 16, 2026

झापा–११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

0

       चितवन, झापा-११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा…

चितवन,

झापा-११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २ एक गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो।

यी २ टिमबीचको आइतबार आपराह्‍न भएको खेल हावाहुरीका कारण स्थगित भएको थियो। स्थगित हुनुअघि झापाको २ तथा च्यासलले १ गोल गरेको थियो।

बाँकी १५ मिनेटको खेल सोमबार बिहान खेलाइएकोमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि झापा विजयी भयो। झापाका लागि संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। यस्तै निसान लिम्बूले पहिलो हाफपछि थपिएको ४ मिनेटमा टिमको दोस्रो गोल गरे।

उता, च्यासलका लागि सुशील राईले ५९ औँ मिनेटमा गोल गरेका थिए। उनै राई खेलको म्यान अफ दी म्याच बने। राईले नगद १० हजार पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *