September 16, 2026

बम राखेको फेसबुकमा सार्बजनिक गर्दा पत्रकार पक्राउ

0

       विर्तामोड ,झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि…

विर्तामोड ,झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए।

“घटनाको विषयमा सोधपुछका लागि राखेका छौँ, अहिले सो शंकास्पद बस्तु कसले किन राखेको भन्ने विषय बुझ्दै छौँ,” उनले भने।

घटनापछि उर्लाबारी प्रहरी कार्यालयमा राखिएका श्रेष्ठका विषयमा एसपी केसीले भने, “सोधपुछ र बुझ्ने क्रममा उहाँलाई उर्लाबारी प्रहरीमा राखेका छौँ।

तर, कसैलाई थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौँ, सोधपुछका क्रममा रहेका छौँ।”

सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए। स्रोत देशञ्चार डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *