June 19, 2026

कचनकवलमा अध्यक्ष–उपाध्यक्ष खेलकुद

0

       झापा। झापाको कचन कवल गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बिद्यालय…

झापा।

झापाको कचन कवल गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता बिद्यालय स्तरीय हुनेछ । स्थानीय पथरिया माध्यमिक बिद्यालयको खेलकुद मैदानमा शुरु भएको प्रतियोगिताको बुधवार कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बसन्त बानियाँले उद्घाटन गरे ।

प्रतियोगिताको शुभारम्भ गर्दै प्रमुख अतिथि बानियाँले खेलकुदको माध्यमबाट युवाहरुमा अनुशासन र शारीरिक अभ्यासको बिकास हुने बताए । यस क्षेत्रको खेलकुदका बिकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सबै युवालाई खेलकुदमा लाग्नको लागि घरबाटै वातावरण बन्नु पर्ने बताए ।

कचनकवल गाउँपालीकाको खेलकुद बिकास समिति अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख अञ्जार आलम, उपप्रमुख निमसरी राजबंशी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अध्यक्ष नबराज भट्टराई लगायतले बोलेका थिए ।

कचनकवल गाउँपालिकाका ११ माध्यमिक बिद्यालय सहभागी बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट र सितोरियो कराँतेका खेलहरु समावेस गरिएको छ ।

पहिलोदिनको फुटबल खेलमा टाइब्रेकरमा लक्ष्मीप्रसाद देवकाटा विद्यालयलाई ४काबिरुद्ध ५गोल गर्दै लक्ष्मी मावि बनियानी बिजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *