September 20, 2026

चार करोडको लागतमा छठ समाजको भवन

0

       बिर्तामोड। छठ समाज सेवा समिति बिर्तामोडको भवन एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ ।  बिर्तामोड…

बिर्तामोड।

छठ समाज सेवा समिति बिर्तामोडको भवन एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ ।  बिर्तामोड वडा नं. १ शनी मन्दिर उत्तर अन्धुवा खोला किनारमा निर्माण गरिन लागेको भवनको शिलान्यास प्रदेश सांसद एकराज कार्कीले गरे ।

छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष संगीता रौनियारले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि सांसद कार्कीले भवन निर्माणका लागि सक्दो सहयोग गर्ने बताउँदै प्रदेश सरकार र अर्थमन्त्रालयबाट पनि आर्थिक सहयोगका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गरे । कार्यक्रममा बिर्तामोड वडा नं. १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङ्गदेन, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, छठ समाज सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष रामप्रित शर्मा लगायतले शुभकामना मन्तव्य राखेको सचिव शत्रुघन रौनियारले जानकारी दिए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ झापाका अध्यक्ष डा. सिपी यादव, नेपाली कांग्रेसका नेता भगिरथ पोद्दार, नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य बलराम कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल(भद्रपुरे) नेपाल रेडक्रस सोसाइटी उपसाखा बिर्तामोडका सभापती सजेश शिवाकोटी, वीरता जेसीजका अध्यक्ष बिशाल थापा, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, समाजसेवी वेदप्रकाश अग्रवाल, हरि आचार्य, वडा नं. ५ का वडासदस्य डि. आर कडरिया, लक्ष्मी बाँस्कोटा, छठ युवा फ्रन्टका अध्यक्ष सुरज चौधरी लगायतको आतिथ्य रहेको थियो ।

छठ समाज सेवा समिति बिर्तामोडले खरिद गरेको तीन कठ्ठा १३ धुर जग्गामा चार करोड रुपैयाँको लागतमा अण्डर ग्राउण्ड पार्किङसहितको तीन तले भवन निर्माण गरिने भवन निर्माण समितिका अध्यक्ष तथा छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सचिव देवेन्द्रकुमार सिंहले गरेको छठ समाज सेवा समिति बिर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *