September 19, 2026

आज अक्षय तृतीया, सातु–सर्वत दान गर्ने र खाने दिन

0

       काठमाडौं, वैशाख शुक्ल तृतीया। सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन्। यो दिन…

काठमाडौं,

वैशाख शुक्ल तृतीया। सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन्।

यो दिन जौको सातु–सर्वत दान गरेर र आफू पनि खाने परम्परा छ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ।

यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन  पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने  वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ।

गर्मी समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। यस्ता पदार्थ दान गर्दा अक्षय फल पाइने शास्त्रमा बताइएको छ। इतिहासपुराणविद् प्रियंवदा काफ्लेका अनुसार पुराणमा अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको उल्लेख छ।

‘त्यसैले यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनुपर्दैन भन्ने मान्यता छ। यो दिन अन्य शुभकर्म गर्न पनि साइत हेराइरहनुपर्दैन भन्ने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *