September 17, 2026

भान्सा नै औषधालय सम्बन्धी सचेतना

0

       अर्जुनधारा। ‘आमा र माटोको स्वास्थ्य सुधार अभियान’ अन्तर्गत वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण…

अर्जुनधारा।

‘आमा र माटोको स्वास्थ्य सुधार अभियान’ अन्तर्गत वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण मञ्च अर्जुनधारा नगर समितिले भान्सा नै औषधालय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष खेम दाहालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

भूवनेश्वर शिव पाञ्चायन आनन्द धामले संयोजन गरेको कार्यक्रममा सहजकर्ता वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण संघ झापाका अध्यक्ष रामकुमार राई, कोषाध्यक्ष टेकबहादुर गिरी, नगर समितिका सहसचिव दिनानाथ शिवाकोटी र कोषाध्यक्ष इन्दिरा भट्टराई लगायतले सहजीकरण गरेका थिए ।

सोही कार्यक्रममा मातातीर्थ औंशीको सन्दर्भमा ज्येष्ठ माताहरु देवीमाया आचार्य, देवीमाया पौड्याल, धनमाया पौड्याल, सावित्रा कार्की र हरिमाया खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा अभियन्ता डम्बर चुडाल, संघका प्रदेश सचिव प्रकाश उप्रेती, जिल्ला सहकारी संघ झापाकी सदस्य तुलसा कुँवर, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठ, धामका संरक्षक शान्तवीर बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

सहसचिव शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष गान्धारी मिश्रले गरेकी थिइन् ।
नगरपालिकाको सबै वडाका टोलहरुमा उक्त कार्यक्रम सञ्चालन गर्ने समितिको लक्ष्य रहेको अध्यक्ष दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *