September 15, 2026

उमेशलाई मिस्टर हिमालयको उपाधि

0

       बिर्तामोड। ग्यालेक्सी फिटनेस बिर्तामोड झापाका उमेश राई (जीवन)ले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको…

बिर्तामोड।

ग्यालेक्सी फिटनेस बिर्तामोड झापाका उमेश राई (जीवन)ले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौलभन्दा माथिको समूहबाट प्रतिस्पर्धा गरेका झापा बिर्तामोडका उमेशले अन्य पाँच वटा तौल समूहका विजेतालाई पराजित गर्दै सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि हात पारेका हुन् ।

५५ केजीमा पहिलो भएका पावर फिट्नेस एन्ड जिम कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा पहिलो भएका नेपाल व्यायाम मन्दिरका डेविड बलामी, ६५ केजीमा पहिलो भएका नेपाल जिम एन्ड फिट्नेस रुपन्देहीका श्री थापामगर, ७० केजीमा पहिलो भएका आर्मीका रमेश कार्की र ७५ केजीमा पहिलो भएका न्यु फ्लेक्स एन्ड फिट्नेस ढल्कोका नरेश मालाकारलाई ओभर अल राउण्डमा पराजित गर्दै उमेशले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।

मिस्टर हिमालयको उपाधिसँगै उमेशले २ लाख ५० हजार रुपैयाँ, आफ्नो तौल समूहमा पहिलो भएवापत छुट्टै २५ हजारसहित माउन्टेन फ्लाइट, थाइल्याण्ड भ्रमण लगायतका पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

मिस्टर हिमालयको उपाधि जितेसँगै उमेशले बडी बिल्डिङ (शारीरिक सुगठन प्रतियोगिता)को महत्वपूर्ण उपाधिमाथि ह्याट्रिक पनि पूरा गरेको ग्यालेक्सी फिटनेशका सञ्चालक चन्द्र रानामगर लाफाले जानकारी दिए ।

ग्यालेक्सी फिटनेशका उमेशले यसअघि मिस्टर एभरेष्ट २०७५ र मिस्टर साउथ एसिया च्याम्पियन २०७५ को उपाधि समेत हात पारेको उनले बताए । मिस्टर हिमालयको उपाधि हात पार्नु आफ्नो मेहनतको फल भएको उमेशले बताए । उनले आगामी दिनमा पनि त्यस्तै उपाधि जितेर झापाको नाम अन्तर्राष्टियस्तरमा चिनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *