September 16, 2026

शनिश्चरे बजारका व्यापारीले संघको निर्णय नमान्ने

0

       अर्जुनधारा। शनिअर्जुन उद्योग वाणिज्य संघमा आवद्ध सदस्य व्यापारीहरुले संघको निर्णय नमान्ने जनाएका छन् ।…

अर्जुनधारा।

शनिअर्जुन उद्योग वाणिज्य संघमा आवद्ध सदस्य व्यापारीहरुले संघको निर्णय नमान्ने जनाएका छन् । व्यापारीहरुको हित गर्न स्थापना भएका संघका पदाधिकारीहरुले स्थानीय व्यापारीहरुको विरुद्ध निर्णय गरेको भन्दै उनीहरुले प्रेस विज्ञप्ति मार्फत् निर्णय नमान्ने जनाएका हुन् ।

शनिश्चरे बजार संयुक्त संघर्ष समितिका संयोजक सिद्धार्थकुमार सोमानीको अध्यक्षतामा आइतबार बसेको बैठक पश्चात् समितिले उक्त प्रेस विज्ञप्ति जारी गरेको हो ।

‘केही जग्गाधनी व्यावसायीहरुलाई फाइदा पुग्ने गरी यस ऐतिहासिक शनिश्चरे बजारलाई समाप्त पार्ने निर्णय गरेको हुनाले आजको मितिबाट हामी सम्पूर्ण व्यापारीहरु संघको कुनै पनि निर्णय मान्य बाध्य हुने छैनौं’–जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिका संयोजक सोमानीले हस्ताक्षर गरेको विज्ञप्ति मार्फत् २०७२ साल भदौ २८ गते गठन भएको वर्तमान कार्यसमितिको दुई वर्षे कार्यकालको पदावधि समाप्त भएको अवस्थामा साधारण सभा नगरी स्थानीय व्यापारीहरुको विरुद्ध गरेको संघको निर्णयप्रति उनीहरुले घोर भत्सर्ना गरेका छन् ।

संघको उक्त कार्यको लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण गराउँदै समितिले विज्ञप्ति मार्फत् सम्पूर्ण व्यापारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलाई आफूहरुको आन्दोलनलाई सहयोग पु¥याईदिन अपिल गरेका छन् ।
यता संघका अध्यक्ष बसन्त सोमानी भने कार्यसमितिको कार्यकाल विधानमा उल्लेख भए अनुसार समितिले भने जस्तो दुई वर्ष नभई तीन वर्ष भएको दाबी गर्छन् ।

तीन वर्षे कार्यसमितिको कार्यकाल केही महिना बढी भएको स्वीकार्दै संघको निर्माणाधीन भवन लगायतका कार्यहरुले गर्दा साधारण सभा बोलाउन ढिलो भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *