बाहुण्डाँगी जेसीजको सदस्य तालिम सम्पन्न
211 211Shares बाहुण्डाँगी, बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत शाखाका सदस्यहरुको उत्प्रेरणा तालिम…
बाहुण्डाँगी,
बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत शाखाका सदस्यहरुको उत्प्रेरणा तालिम शनिवार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत शनिवार ‘प्राउड टु बि जेसीआई’ विषयमा शाखाका सदस्यहरुको तालिम सम्पन्न भएको हो । सहभागिलाई तालिमका प्रशिक्षक नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीले प्रशिक्षण गराउनु भएको थियो ।
तालिममा बाहुण्डाँगी जेसीजका बोर्डका पदाधिकारी, साधारण सदस्य तथा नयाँ सदस्यहरु गरी ८३ जनाको सहभागिता रहेको थियो ।प्रशिक्षक अधिकारीले सहभागीहरुलाई जेसीजमा किन लाग्ने, युवा हरुको नेतृत्व कसरी गर्ने, व्यक्तिृत्व तथा नेतृत्व विकास कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
शाखाका अध्यक्ष कञ्चन उप्रेतकिो सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि पूर्व अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष पुष्कर ढकाल, सहभागिका तर्फबाट शरण बानियाँ, गौरी राई, प्रतिमा भट्टराईलगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा शाखका संस्थापक अध्यक्ष नविन बराल, निवर्तमान अध्यक्ष जीवन मोते, पूर्व अध्यक्ष किरण नेपाल, दमक जेसीजका कोषाध्यक्ष अनिष उप्रेतीलगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका संयोजक तथा शाखाका कार्यकारीणी उपाध्यक्ष अभिषेक मेहेताले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष राजेश थापाले आस्था पाठ गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।
