April 30, 2026

१७ बर्षीया बालिका बलात्कार, एक पक्राउ

0

       खोटाङ । खोटाङको ऐसेलुखर्कमा बालिकालाई जवरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको…

खोटाङ ।

खोटाङको ऐसेलुखर्कमा बालिकालाई जवरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

१७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका १ मा बस्ने २१ बषीृय जीवन बहादुर जोगीलाई पक्राउ गरेको हो ।

जोगीले बालिकालाई ललाफकाई गरी करणी गरेको बालिकाको आफन्तले दिएको उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *