April 30, 2026

कनकाईका मेयरको तलब मजदुरलाई

0

       बिर्तामोड। एक सय ३०औं मजदुर दिवसको अवसर पारेर झापाको एक स्थानीय तहका जनप्रतिनिधिले एक…

बिर्तामोड।

एक सय ३०औं मजदुर दिवसको अवसर पारेर झापाको एक स्थानीय तहका जनप्रतिनिधिले एक वर्षको तलब मजदुरलाई हस्तान्तरण गरेका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गरेका हुन् । उनले मजदुरलाई तीन लाख २५ हजार चार सय ६० रुपैयाँ बरावरको चेक वुधवार आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।

पोखरेलले नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारका लागि स्थापित मजदुर हितकोषलाई सो रकम हस्तान्तरण गरेको जनाएका छन् । चेक संघीय सांसद एलपी साँबा लिम्बूले मजदुर नेताहरु सचिन लामा, केशर न्यौपाने, टंक गुरागाँईलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।

एकबर्ष अघि स्थापना गरिएको मजदुर हितकोषमा यसअघि पनि कनकाई नगरपालिकाबाट १० लाख र ५ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ । हितकोषको व्याजबाट संकलित रकमबाट यस क्षेत्रका मजदुरको जीवन बिमा गरिने कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार हितकोषबाट नगर क्षेत्रका १० जना मजदुरको संख्या मात्रै तोकेर ३ लाख रुपैयाँ बरावरको दुर्घटना बिमा र १० लाख बरावरको जीवन बिमा गरिएको छ । हितकोषको रकमलाई आफ्नै कार्यकालमा १ करोड रुपैँया बनाउने समेत पोखरेलले बताए ।

दुई बर्ष पहिले भएको स्थानीय तहको निर्वाचनका दौरानमा पोखरेलसहित नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेती लगायतका उम्मेदवारले आफूले चुनाव जितेमा तलब वापतको रकम नलिने घोषणा गरेका थिए । कनकाई नगरपालिका क्षेत्रका करिब ७ सय मजदुरहरु यस हितकोषबाट लाभान्वित बन्ने हितकोषका उपाध्यक्ष टंक गुरागाईँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *