April 30, 2026

देशैभर मेघ गर्जनसहित असिनापानी, हावाहुरीको पनि सम्भावना

0

       काठमाडौं, देशका पुर्वी,मध्यम र पश्चिमी भेगमा हावाहुरी र मेघ गर्जनसहित बिहीवार पनि पानी पर्ने…

काठमाडौं,

देशका पुर्वी,मध्यम र पश्चिमी भेगमा हावाहुरी र मेघ गर्जनसहित बिहीवार पनि पानी पर्ने संभावना रहेको छ। केहि स्थानमा असिनासहितको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँ उपत्यकामा पनि बिहिबार बेलुकी पानी पर्नेछ। काठमाडौ उपत्यकाको मौसस दिनभर सफा रहेपनि बेलुकी पख भने हावाहुरीसहित पानी पर्ने नगरकोटीले जानकारी दिइन्। मध्य र पुर्वी तराईको मौसम बदली भएर बेलुकी पानी पर्नेछ।

बादल विकसित भएका कारण मध्य र पुर्वी तराईमा पानी पर्नेछ भने तराईका अन्य स्थानहरुको मौसम सामान्तयता सफा रहनेछ। जारी प्रि–मनसुन, स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण देशका धेरै स्थानमा मेघगर्जन र हावा हुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ।

बुधबार काठमाडौ उपत्यकासहित पश्चिम र पुर्वका केहि स्थानमा पानी परेको छ। पछिल्लो २० घन्टामा काठमाडौ उपत्यकामा २ दशमलव ५ मिलीमिटर पानी परेको महाशाखाले जनाएकाे छ। काठमाडौ उपत्यकाको बिहिबार विहानको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ।

केहि दिन यता काठमाडौ उपत्यकासहित देशभरको तापक्रममा बढेको छ। जारी प्रि मनसुन मध्य समयमा पुगेका कारण तापक्रम उच्च भएको र अवको दुइ/ तीन दिन तापक्रम नघट्ने मौसमविद् गंगा नगरकोटीले बताएन्। दुई तिन दिनपछि देशभर ठूलो पानी पर्ने र तापक्रम केहि घट्दै जाने महाशाखाले अनुमान छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *