June 14, 2026

चार घरपरिवारलाई मुआब्जा वापतको रकम

0

       मेचीनगर। एशियाली विकास बैंकको करिब एक अर्ब ५० करोडको लगानीमा मेची नदीमा एशियाली हाइवेको…

मेचीनगर।

एशियाली विकास बैंकको करिब एक अर्ब ५० करोडको लगानीमा मेची नदीमा एशियाली हाइवेको फोर लेन सडकसँगै नयाँ पुल निर्माण हुने भएपछि विस्थापितको सूचीमा परेकाहरु मध्ये चार घरपरिवारलाई मंगलबार मुआब्जा वापतको रकम वितरण गरिएको छ ।

मेचीनगर नगरपालिकाको सभाहलमा मुआब्जा निर्धारण समितिको निर्णय अनुसार निर्धारित चार घरपरिवारलाई एक करोड १७ लाख २० हजार रुपैयाँमध्ये दुई लाख ९३ हजार रुपैयाँ मालपोत कार्यालयबाट निर्धारित पुँजीगत लाभकर कट्टी गरेर कूल एक करोड १४ लाख २७ हजार रुपैयाँ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गका अनुसार बालकृष्ण अधिकारी, रामकुमार लिम्बू, भुपध्वज दाहाल र नेत्रप्रसाद उप्रेतीलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख मनिा पोखरेल उपे्रती, वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्य देवी सुवेदी वडानम्बर– ४ का वडाध्यक्ष नवीन वराल वडा नम्बर–१० का वडाध्यक्ष सुदय पनेरु, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी सडक डिभिजन दमक झापाका डिभिजिन इञ्जिनियर श्यामकुमार यादवलगायतको सहभागितामा मुआब्जा रकम वितरण गरिएको हो । नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती र सडक विभागका डिभिजन इञ्जिनियर यादवले संयुक्तरुपमा मुआब्जा रकम प्रदान गरेका थिए ।

मुआब्जावापत अधिकारीले १२ लाख ५७ हजार सात सय ५०, लिम्बूले १२ लाख ५७ हजार सात सय ५०, दाहालले २५ लाख १५ हजार पाँच सय तथा उप्रेतीले ६३ लाख ९६ हजार रुपैयाँ रकम प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *