September 17, 2026

चिल्ड्रेन इन्भारोमेन्टका विद्यार्थीद्वारा सहयोग

0

 

बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा अध्ययनरत् विद्यार्थीहरुले वृद्धवृद्धाहरुलाई नगसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेका छन् ।

विद्यालयमा अध्ययनरत् कक्षा १० का विद्यार्थी र कक्षा ४ देखि ९ सम्मका क्याप्टेन र भाइस क्याप्टेन विद्यार्थीहरुले झापाको कनकाई नगरपालिका माइधार कोटीहोमस्थित राधाकृष्ण मन्दिरको आश्रयमा बस्दै आएका ४० जना वृद्धवृद्धाहरुलाई नगदसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताए ।

विद्यालयको ह्युम्यानिटी डिपार्टमेन्टको संयोजनमा उक्त कार्यक्रम गरिएको बी डेबिडले बताए । विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वको भावना जागृत गराउन आयोजित कार्यक्रममा विद्यार्थीहरुले चामल, आटा, बिस्कुट, मुरै–चिउरा, साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु प्रदान गरेको विद्यालयका प्राइमरी इञ्चार्ज एमबी तामाङले बताए ।

राधाकृष्ण मन्दिर माइधारका संस्थापक श्यामशरण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक दिनेशराज शर्मा, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, स्कूल म्यानेजर दिपेन सुब्बा, शिक्षक शुभला तामाङ, भारत केरलाका भर्गीस मेथ्यु, एल्फी मेथ्यु, सरिन मेथ्यु र विद्यार्थीहरुले वृद्धवृद्धाहरुलाई सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थी दिव्या भण्डारीले मन्तव्य राख्दै यस्तो कार्यक्रमबाट आफूहरु सन्तुष्ट भएको र वृद्धवृद्धाहरुलाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन् । विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा पनि यस्ता कार्यक्रमहरुले मानवीय र सामाजिक सेवामा क्रियाशील हुने उत्प्रेरणा जगाउने विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताए । कार्यक्रमको सञ्चालन शिक्षक भोजराज काफ्ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *