June 19, 2026

नयाँ वर्ष २०७३ सालको शुभकामना

0

[जानुका गुरागाई]
नया वर्ष तिमी आऊ
भूकम्प र नाकाबन्दीले
चहराएको घाउमा लाउन
मलम लिएर आऊ
मधेश आन्दोलनले
आक्रान्त पारेका मन जोड्न
राष्ट्रिय भाव लिएर आऊ
नेपाल हाम्रो घर
नेपाली हाम्रो थर भन्ने
आँट लिएर आऊ
देश निर्माणका लागि
नयाँ नयाँ प्रविधि र
जाँगर लिएर आऊ
आचरण व्यवहार र कार्य शैली
परिवर्तन गर्ने
एक अचुक उपाय लिएर आऊ
नया वर्ष तिमी आऊ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *