June 16, 2026

भर्‍याङबाट लड्दा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

0

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तिनभरेका ४५ वर्षीय मदन गुरुङको भर्‍याङबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०८२ चैत २५ गते दिउँसो करिब ३:३० बजे आफ्नै घरमा भर्‍याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्दा गुरुङ गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङमा लगेर उपचार सुरु गरिएको थियो।

उपचारकै क्रममा बेलुका करिब ८:०० बजे गुरुङको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *