June 16, 2026

मुख्यमन्त्री कार्कीलाई मातृशोक

0

झापा । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मतकुमार कार्की र संविधानसभा सदस्य दीपक कार्कीकी ९१ वर्षीया आमाको आज निधन भएको छ। उपचारका क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गत २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लडेर उहाँको दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो। त्यसपछि उपचारका लागि बिराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएपछि फागुन २० गते डा- सन्तोष नेपालसहितको चिकित्सक टोलीले उहाँको सफल शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि स्वास्थ्य अवस्थामा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको चिकित्सकहरूले बताएका थिए।

चिकित्सकका अनुसार उमेरजन्य कारणबाहेक अन्य जटिल स्वास्थ्य समस्या न्यून रहेको थियो। तर उपचारकै क्रममा आज झापा गौरादहस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *