September 14, 2026

शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु

0

झापा — झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको शाखा कल्भर्टमा माटोको ढिस्कोले पुरिएर एनसेलका एक कामदारको मृत्यु भएको छ।

आज दिउँसो करिब २:१० बजे फाइबर जडानका लागि जमिनमुनि खाल्डो खनी काम गरिरहेका बेला अचानक छेउको माटो भत्किँदा सिरहा जिल्लाको लाहान निवासी अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव पुरिएका थिए।

घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई तत्काल एम्बुलेन्समार्फत दमकस्थित दमक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो ३:३५ बजे यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *