September 13, 2026

फरार प्रतिवादी पक्राउ

0

झापा । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी दमकबाट पक्राउ परेका छन्।

कल्पना लुईटेल भण्डारीको जाहेरीका आधारमा सरकार वादी र यामप्रसाद भण्डारी प्रतिवादी रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ ईट्टाभट्टा बस्ने ४८ वर्षीय यामप्रसाद भण्डारी रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दमक नगरपालिका–५ क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको हो।

पक्राउपछि भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *