September 14, 2026

एक्टिभ नाइनद्वारा बटुकलाई न्यानो कपडा वितरण

0

झापा । एक्टिभ नाइनले आठौँ स्थापना दिवसको अवसरमा मंगलबार बिर्तामोड–६ स्थित श्री हरिहर आश्रम गुरुकुलमा अध्ययनरत बटुकलाई न्यानो कपडा वितरण गरेको छ।

२०७४ सालमा स्थापना भएको बिर्तामोडका नौ युवाको समूह एक्टिभ नाइनले २३ जना बटुकलाई न्यानो कपडा उपलब्ध गराएको हो। समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्वअध्यक्ष दाताराम तिम्सिना प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव भानु खनालले गरेका थिए भने सहजीकरण देवीप्रसाद अधिकारीले गरेका थिए। कार्यक्रममा एक्टिभ नाइन लेडीकी देवका कोइराला, विद्यापीठका अध्यक्ष अभिचन्द्र पोखरेललगायतले मन्तव्य राखेका थिए। सोही अवसरमा बटुकलाई खाजा पनि खुवाइएको थियो।

समूहका सदस्य रोहित भट्टराईका अनुसार एक्टिभ नाइनले यसअघि झापामै पहिलो पटक शङ्खध्वनि प्रतियोगिता, नौमती बाजा संरक्षण कार्यक्रम, रक्तदान, ज्येष्ठ नागरिकलाई लौरो वितरणलगायत विविध सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *