September 14, 2026

ताप्लेजुङ–पाँचथर सीमा क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प

0

झापा । ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ६ बजेर १३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वी पहाडी जिल्लामा महसुस गरिएको भए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ समय–समयमा साना तथा मध्यम खालका भूकम्प जाने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *